Posts

Showing posts from December, 2018

भान्सालाई धुवाँमुक्त बनाउने अभियानमा नीरू

Image
काठमाडौं–सिन्धुली कमलामाई नगरपालिका–४ की ४८ वर्षीया नीरू श्रेष्ठ भान्साको धुवाँबाट मुक्त बनाउने अभियानमा लागेकी छिन्। सरकारले ‘हरेक घरधुरीमा स्वच्छ ऊर्जाको प्रयोग’ अभियान अन्तर्गत सन् २०१७ भित्रमा देशैभर धुवाँमुक्त चुल्होको निर्माण गर्ने लक्ष्य राखेको थियो। तर,सरकारी लक्ष्य पुरा हुन सकेन। यो अभियानले धेरै गृहणीहरूले आफ्नो घर धुवाँमुक्त हुने आशा गरेका थिए। सरकारी तवरबाट अभियान सेलाए पनि श्रेष्ठको अभियान भने सेलाएको छैन। उनी अहिले प्रत्येक वडा, गाउँपालिका तथा नगरपालिकाका गृहणीको स्वास्थ्य र घरलाई धुवाँबाट छुट्कारा दिलाउने अभियानमा लागेकी छन्। ‘धुवाँको मुस्लोमा खाना पकाउनु त्यसमाथि घरभित्रका लुगाफाटा पनि धुवाँले कालो हुने समस्याबाट अहिले छुट्कारा मिलेको छ,’ उनले भनिन्, ‘अहिले धेरै दाउरा लाग्ने, आँखा चिलाउने जस्ता स्वास्थ्य समस्या पनि झेल्नु परेको छैन।’ परम्परागत चुलो प्रयोग गर्दा धुवाँले आँखा पोल्ने र टाउको दुख्ने समस्या झेल्दै आएकी उनलाई भान्साकोठा धुवाँले गर्दा कालो हुनुका साथै चुलो चाँडै फोहोर हुनाले चुलो पोत्नका लागि पनि उत्तिकै समय दिनुपर्दथ्यो। अहिले सुधारिएको चुलो प्रयोग